पोखराद्वारा लुम्बिनी १० विकेटले पराजित

 संवाददाता    २०८१, २१ मंसिर शुक्रबार १६:०९     24 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले विजयी शुरुवात गरेको छ ।

कीर्तिपुर स्थित त्रि.वि क्रिकेट मैदानमा जारी खेलमा जितका लागि लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विकेट नगुमाइ पुरा गर्‍यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको हो ।

यसअघिका खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्ससँग लागातार पराजित भएको पोखरा आज भएको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दे विजयी भएको हो ।