सुदूरपश्चिम रोयल्स विरुद्ध बलिङ गर्दैं काठमाडौं गुर्खाज

 संवाददाता    २०८१, २० मंसिर बिहीबार १३:१५     77 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विरुद्ध काठमाडौं गुर्खाजले बलिङ गर्ने भएको छ ।

टीयू अन्तर्राष्ट्रिय मैदानमा जारी खेलमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । अहिले टस हारेको सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ । पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।