एनपिएल : जनकपुरलाई पोखराले दियो १३९ रनको लक्ष्य

 संवाददाता    २०८१, २० मंसिर बिहीबार १०:४५     25 जनाले पढ़िसके



Spread the love

पोखरा एभेन्जर्सले एनपिएलको आफ्नो दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखराले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३८ रन बनायो ।

पोखराको लागि मार्कस क्रिचलीले ३० बलमा सर्वाधिक ३५ रन बनाए । आन्द्रेस गोसले २०, रेमन रेइफरले १७ बनाउँदा लिस्क माइकलले २५ रन बनाएका हुन् ।

बलिङतर्फ जनकपुरको लागि स्पिनर ललित राजवंशीले चार ओभरमा ३ विकेट लिए । जिमी निसमले दुई विकेट लिएका हुन् । किशर महतो र मोहम्मद होमसिनको नाममा एक विकेट रह्यो ।

यसअघि पोखरा चितवनसँग पराजित भएको थियो । जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई हराएको थियो ।