पोखराविरूद्ध जनकपुरले जित्यो टस

 संवाददाता    २०८१, २० मंसिर बिहीबार १०:१३     59 जनाले पढ़िसके



Spread the love

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ।

पोखरा एजेभन्जर्सविरूद्धको खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ।

विहानको समयमा टस जित्ने कप्तानहरूले फिल्डिङ रोज्ने क्रममा जनकपुरका कप्तान अनिल साहले पनि पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

जनकपुरले यसअघिका दुई खेलमा जित निकालिसकेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो।

पोखराले भने पहिलो खेल खेल्न लागेको हो। पहिलो खेलमा चितवन राइनोजविरूद्ध खराब ब्याटिङ गर्दा पोखराले ८७ रनको हार ब्यहोरेको थियो।

 

pokajk-1733367829.jpg

jnkpo-1733367829.jpg