ऐरीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

 संवाददाता    २०८१, १८ मंसिर मंगलवार ११:०९     68 जनाले पढ़िसके



Spread the love

मङ्सिर १८ गते । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रहारसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८२ रनब नायो ।

यो योगफल जारी लिगको सबैभन्दा ठूलो योगफल हो । यसअघि सोमबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध एक सय ४१ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा अविजित ५७ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलेनले ३६, विनोद भण्डारीले २३,इशान पाण्डेले २१ र सेफ जैफले १४ रन बनाउनुभयो ।

बलिङमा विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिनुभयो । यस्तै क्रिस सोले, इस्मत अलाम र बसिर अहमदले एक एक विकेट लिनुभयो ।