कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

 संवाददाता    २०८१, १७ मंसिर सोमबार १४:३९     137 जनाले पढ़िसके



Spread the love

मङ्सिर १७ गते । नेपाल प्रिकियर लिग (एनपिएल) मा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबारको दोसो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनायो ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँले २७ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाउनुभयो ।

भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट हुनुभयो । महङ्गो मुल्यामा कर्णालीमा अनुबन्ध हुनुभएका धवनले १४ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । बाबर हायतले १२ रन नोड्नुभयो ।

बलिङमा कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिनुभयो । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिनुभयो ।

यसअघि सोमबार बिहान भएको खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।