एनपिएल : चितवनलाई काठमाडौँले दियो ११२ रनको मध्यम लक्ष्य

 संवाददाता    २०८१, १७ मंसिर सोमबार १०:५४     26 जनाले पढ़िसके



Spread the love

मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजलाई जितका लागि काठमाडौँ गुर्खाजले एक सय १२ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रन बनायो ।

काठमाडौँका लागि सुमित महर्जनले सवाधिक २९ रन बनाउनुभयो । यस्तै ओपनर माइकल लेभिटले २५ रन, डन डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाउनुभयो । बलिङमा चितवनका सोहेल तानभिरले पाँच विकेट लिनुभयो ।

उहाँले चार ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । कुशल मल्ल, अमरसिंह रौतेला, ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एक एक विकेट झार्नुभयो ।