एसिसी यू-१९ एसिया कपमा नेपाल र बंगलादेश भिड्दै

 संवाददाता    २०८१, १६ मंसिर आईतवार १०:२४     68 जनाले पढ़िसके



Spread the love

काठमाडौं । एसीसी उन्नाइस बर्ष मुनि एसिया कपमा नेपालले आज(आइतबार) बंगलादेश सँग प्रतिस्पर्धा गर्दै छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा १० बजे बाट शुुरू हुनेछ । आज टेस्ट राष्ट्र बंगलादेश सँग शक्ति गौचनको प्रशिक्षणमा रहेको टोलीलाई जित निकाल्न मेहनत गर्नुपर्ने देखिन्छ ।

आफ्नो पहिलो खेलमा श्रीलंका सँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबमा छ । हेमन्त धामीको टिमले श्रीलंका विरुद्ध ५५ रनको हार ब्यहोरेको थियो । बंगलादेश दुई अंकका साथ समूह ‘बी’को दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको श्रीलंकाको पनि दुई अंक नै छ । तालिकाको पुच्छारमा रहेको नेपाल अंकविहीन छ ।