फिफा वरियतामा नेपाल एक स्थान माथि

 संवाददाता    २०८१, १४ मंसिर शुक्रबार १२:२०     22 जनाले पढ़िसके



Spread the love

१४ मंसिर, काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औं स्थानमा छ ।

नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९३५ थियो । अहिलेको नयाँ वरियतामा नेपालले ३ अंक थप्दै ९३८ बनाएको छ ।

नेपालले यसै महिना ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । ताजिकिस्तानसँग पराजित भएपनि अफगानिस्तानलाई भने हराएको थियो ।

आफू भन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो । दक्षिण एसियामा भारत सबैभन्दा अघि १२७औं स्थानमा छ ।