काठमाडौं । युएईमा आज (शुक्रबार) देखि शुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका सँग खेल्दैछ ।
नेपालले टस जितेर पहिले बलिङ गर्दै छ । नेपाल र श्रीलंका बीचको खेल शारजहा स्थित शारजहा क्रिकेट स्टेडियममा जारी छ ।
श्रीलंकाले सन् २०१८ र २०२१ मा गरी दुई पटक फाइनल खेलिसकेको छ । एसियाली क्रिकेट परिषद् एसीसी ले आयोजना गर्ने यो प्रतियोगितामा नेपालले सन् २०१२ देखि निरन्तर खेल्दै आएको छ । सन् २०१७ को संस्करणमा भारत माथि १९ रनको विजय हात पार्दै नेपाल सेमिफाइनल पुगेको थियो ।