अफगानिस्तानविरुद्ध नेपालको जित, नौ खेलको जितविहिन यात्रा समाप्त

 संवाददाता    २०८१, १ मंसिर शनिबार २२:०६     64 जनाले पढ़िसके



Spread the love

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

शनिबार ताजकिस्तानमा भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरेको हो।

नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

नेपालका लागि जिलेस्पीजंग कार्कीले ४६ मिनेटमा पहिलो गोल गरे।

रोहित चन्दले नेपालको अग्रता दोब्बर पारेका थिए। उनले खेलको ७८ मिनेटमा दोस्रो गोल गरे।

नेपालले दशौँ खेलमा जित निकालेको हो। यस अघि

नेपाल लगातार नौ खेलमा जितविहीन बनेको थियो।

२०२३ अक्टोबरमा लाओसलाई १-० गोलले पराजित गरेपछि नेपाल नौखेलसम्म जितविहीन बनेको थियो।