आईसीसी महिला टी२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन

 महिला क्रीकेट     २०८१, ५ कार्तिक सोमबार ०८:०५     156 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन बनेको हो।

दुबईमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लाउरा वलभार्टले सर्वाधिक ३३ रन बनाइन्।

न्युजिल्यान्डका रोसमेरी मेइर र अमेलिया केरले समान ३-३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। न्युजिल्यान्डका अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन्। ब्रुकी हालिडेले ३८ तथा सुजी बेट्सले ३२ रन जोडे।

दक्षिण अफ्रिकाका नोनकुलुलेको एलाबाले २ विकेट लिइन्। न्युजिल्यान्ड यसअघि सन् २००९ मा भएको पहिलो र २०१० मा दोस्रो संस्करणको फाइनलमा पराजित भएको थियो। तेस्रो पटक फाइनल खेल्दा टोलीले उपाधि जितेको हो।