सुनको मूल्यमा नयाँ कीर्तिमान

 संवाददाता    २०८१, ७ आश्विन सोमबार १३:२०     144 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ ।

लगातार उकालो लागेको सुनको मूल्य आज सोमबार तोलामा चार सय रुपैयाँले उकालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएको सुन आजका लागि प्रतितोला एक लाख ५९ हजार दुई सय रपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै एक हजार सात सयले बृद्धि भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।