भुटानले माल्दिभ्सलाई हरायो

 संवाददाता    २०८१, ५ भाद्र बुधबार १७:२७     101 जनाले पढ़िसके



Spread the love

साफ यू-२० च्याम्पियनसिपमा १० खेलाडीमा सीमित भुटानले माल्दिभ्सलाई पराजित गरेको छ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भारी वर्षाका बीच भएको खेलमा भुटानले २-१ गोलको जित निकालेको हो।

खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले खेलमा अग्रता लिएको थियो।

खेलको ५३ मिनेटमा भुटान १० खेलाडीमा सीमित बन्यो। गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

प्राप्त फ्रिकिकमा गोल गर्दै माल्दिभ्सले खेल बराबरीमा ल्याए। माल्लिभ्सका फिराकले डिबक्स बाहिरबाट हानेको प्रहारले गोल पोस्टको दिशा लियो।

१० खेलाडीमा सीमित भए पनि भुटानले ८९ मिनेटमा अग्रता लियो। उसका लागि सांगे छोपेलले गोल गर्न सफल भए।

यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको भुटानको सेमिफाइनल सम्भावना बाँकी भएको छ।

प्रतियोगितामा भोलि बिहीबार घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेका छन्। भोलिको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।