काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ ।
यसअघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।
यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो ।
यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो ।