४ भदौ, काठमाडौं । काजकिस्तानकी भलिबल खेलाडी कालिनोभा यभजेनियाले एभरेष्ट वुमन्स भलिबल लिगमा मधेश युनाइटेडबाट खेल्ने भएकी छन् ।
मधेश युनाइटेडले मंगलबार आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा स्पाइकर कालिनोभालाई घोषणा गरेको हो ।
‘काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाइटेडबाट खेल्नेछिन् । उनलाई मधेश युनाइटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ’, क्लबले विज्ञप्तिमा भनेको छ ।
१८० सेन्टिमिटर अग्ली र ३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै त्यहाँको घरेलु लिग खेलेको अनुभव छ ।