साफ यू–२० : भुटानविरुद्ध भारत १–० ले विजयी

 संवाददाता    २०८१, ३ भाद्र सोमबार २०:१३     236 जनाले पढ़िसके



Spread the love

साबिक विजेता भारतले साफ यू–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

भारतका लागि मोनिरुल मोल्लले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतका लागि निर्णायक साबित भयो।

प्रतियोगिताअन्तर्गत भोलि मंगलबार बंगलादेशले श्रीलंकासँग खेल्नेछ।