अन्डर २० साफ च्याम्पियनपशिपमा नेपालकाे विजयी शुरुआत

 संवाददाता    २०८१, २ भाद्र आईतवार २१:०७     42 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेकाे छ ।

ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा आज भएकाे उद्घाटन खेलमा आयाेजक नेपालले श्रीलङ्कालाई १–० गाेल अन्तरले हरायाे । नेपालका लागि खेलकाे २४ औं मिनेटमा निराजन धामीले गाेल गरे । आजकाे खेलमा नेपालले गाेल गर्ने अन्य अवसरहरू बनाए पनि त्यसलाई सदुपयाेग गर्न सकेन । जीतसँगै नेपालले समूह ‘ए’ मा ३ अङ्क जाेडेकाे छ ।

अब नेपालले समूह चरणकाे अन्तिम खेलमा आउँदाे बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियाेगितामा भाेलि समूह ‘बी’ का भारत र भुटान खेल्दैछन् । आजदेखि शुरू भएकाे प्रतयाेगिता यही भदाै १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।