इरानमाथि पहिलाको हारको बदला लिँदै नेपाल विजयी हुँदै फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

 संवाददाता    २०८१, २२ श्रावण मंगलवार १९:२९     178 जनाले पढ़िसके



Spread the love

नेपाल काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानमाथि ३-० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।

जितसँगै नेपालले समूह चरणमा इरानसँग हारेको बदला समेत लिएको छ। समूह चरणमा नेपालले इरानसँग ३-२ को सेटमा पराजय भोगेको थियो।

मंगलबार उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो। रोमाञ्चक दोस्रो सेट नेपालले २८-२६ लेअघि रह्यो। दोस्रो सेटमा नेपालले इरानले तीन पटक म्याच प्वाइन्टमा पुगेको अवस्था उल्टाएकव थियो। तेस्रो सेट २५-२० ले जितेपछि खेल नेपाल फाइनलमा पुग्यो।

अब उपाधिका लागि नेपालले भोलि बुधबार भारतसँग खेल्नेछ। भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकामाथि ३-० सेटमा जित निकालेको थियो।

यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो। सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो। फोटो : फाईल