जितमा दक्षिण अफ्रिकाका लागि क्विन्टन डीककले २७ बलमा २० रन बनाए । यस्तै हेनरीक क्लासेन २२ बल खेल्दै १९ रनमा अविजित रहे । ट्रिस्टन स्टब्सले २८ बलमा १३ रन बनाएर आउट भए । कप्तान एइडन मारक्रमले १२ रन जोडे ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा समेटिएको थियो । कुशल मेण्डिसले ३० बल खेल्दै सर्वाधिक १९ रन बनाए । एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले १६ रन जोडे ।
दक्षिण अफ्रिकाका एनरिक नोर्टजे एक्लैले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले २-२ विकेट लिँदा १ विकेट ओटनिल बार्टमनको नाममा रह्यो ।
दक्षिण अफ्रिका र श्रीलंका बाहेक यस समूहमा नेपाल, नेदरल्याण्ड्स र बंगलादेश रहेका छन् । नेपालले मंगलबार बेलुका नेदरल्याण्ड्सको सामना गर्दै १० वर्षपछि टि-२० विश्वकपमा पुनरागमन गर्नेछ ।