पहिलो टी–२० क्रिकेटमा आयरल्याण्डमाथि नेपालको जित

 #नेपाली क्रीकेट     ९ चैत्र २०८०, शुक्रबार १७:५६     18 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालले पहिलो टी–२० क्रिकेटमा आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्ड ए लाई ६ विकेटले पराजित गरेको हो ।

आयरल्यान्डले् दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ दशमलब १ ओभरमा ४ विकेटको क्षतिमा पुरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे ।

यसअघि आयरल्यान्ड वुल्भ्स १ सय २१ रनमा अलआउट भएको थियो । मंगलबार आयरल्यान्डसँग दोस्रो टी–२० खेलेपछि नेपाली टिम भारत जानेछ । कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी–२० र तीन एकदिवसीय खेल हुनेछ ।