विश्वकप छनोटमा नेपालविरुद्ध बहराइनको ५-० गोल

 फूटबल     ९ चैत्र २०८०, शुक्रबार ०७:५२     38 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ । गएराति बहराइनको बहराइन राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा नेपालले लज्जास्पद हार बेहोरेको हो ।

बहराइनको  टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।

यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ । नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने छ ।
विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।