त्रिकोणात्मक टि-२०आई सिरिज फाइनलमा पिएनजी र नेपाल भिड्दै

 #नेपाली क्रीकेट     ३० फाल्गुन २०८०, बुधबार ०८:३६     42 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनल खेल्दैछ । मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी)सँग आज नेपालले फाइनल खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ । मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो । शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो ।

आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ । आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो । नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बुधबार बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ ।

यस फाइनलअघि तेस्रो स्थानका लागि हङकङले हङकङ ए सँग खेल्दैछ ।