विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या

 सुचना प्रविधि     २२ फाल्गुन २०८०, मंगलवार २२:०५     33 जनाले पढ़िसके



Spread the love

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।

विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे गुगलमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।