नेपाल र नेदरल्यान्ड्स टि-ट्वान्टी त्रिकोणात्मक शृङ्खला उपाधिका लागि भिड्दै

 संवाददाता    २२ फाल्गुन २०८०, मंगलवार ०८:१७     38 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए ।

लिग चरणको खेलपछि तालिकाको शिर्ष दुई टोली प्रतियोगिताको फाइनलमा पुगेका हुन । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो ।

पहिलो दुई खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।