टी-२० सिरिज : नेपाल र नेदरल्याण्डस भिड्दै

 #नेपाली क्रीकेट     १९ फाल्गुन २०८०, शनिबार १०:४८     27 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु मैदानमा हुने खेल बिहान साढे ११ बजेदेखि सुरु हुने भएको हो ।

जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले हिजो सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्डसले २ खेलमा एक जित हासिल गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यो सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ।

भोलिको खेल तालिका
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।