नामिबियासँग फेरि हार्‍यो नेपाल

 #नेपाली क्रीकेट     ९ फाल्गुन २०८०, बुधबार १६:०१     37 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो ।

विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो ।