नेपाल र नामिवियाबीचको एक दिवसीय आज

 #नेपाली क्रीकेट     ९ फाल्गुन २०८०, बुधबार ०७:३०     36 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज नामिवियासँग खेल्दै छ । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् ।

यो खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । नेपाल रोहित पौडेल तथा नामिविया जेराल्ड इरास्मसको कप्तानीमा रहेको छ ।

पहिलो खेलमा नेपाल नामिवियासँग ४ विकेटले पराजित भएको थियो । पहिला व्याटिङ गरेको नेपाल १३२ रनमै अलआउट भएको थियो ।

त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्ने टोलीले हार्ने गरेकाले आजका खेलमा पनि टसको महत्वपूर्ण भूमिका हुने छ । टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्दा हारेर ब्याटिङ गर्ने टोली समस्यामा पर्ने गरेको छ ।

नेपाल जारी सिरिजमा एकमा जित र एकमा हार व्यहोरेको छ । नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।