आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

 #नेपाली क्रीकेट     ३ फाल्गुन २०८०, बिहीबार ०७:१८     39 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

२०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् ।

पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा एकदिवसीय खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिंदै विजयी सुरुआत गर्ने सोचमा हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । त्यसैले नेपालको मनोबल उच्च छ । फोटो : फाइल