थ्रीस्टारलाई पराजित गर्दै आर्मीको पोल्टामा आहा रारा पोखरा गोल्डकप

 आहारारा गोल्डकप     २० माघ २०८०, शनिबार २१:०९     44 जनाले पढ़िसके



Spread the love

त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा थ्रीस्टार क्लबलाई ३-० गोलले हराएर आर्मी च्याम्पियन बनेको हो।

खेलको ३८ मिनेटमा जिलेस्पी जंग कार्कीको गोलबाट आ

र्मीले खेलमा अग्रता लिएको थियो।

८३ मिनेटमा फत्तेमान घलेले आर्मीको अग्रता दोब्बर पारे। दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा बसन्त जिम्बाले गोल गरेसँगै आर्मीले उपाधि पक्का गर्‍यो।

आर्मीले यसअघि चार पटक फाइनल खेल्दा उपाधि जित्न सकेको थिएन। पाँचौ प्रयासमा आर्मी आहा रारामा च्याम्पियन बनेको हो।

थ्रीस्टार यसअघि पाँच पटकको उपाधि बिजेता हो।

त्रिभुवन आर्मीका समित श्रेष्ठ उत्कृष्ट गोलकिपर, आर्मीकै विमल पाण्डे उत्कृष्ट डिफेन्डर, थ्रीस्टारका विवेक पौडेल उत्कृष्ट मिडफिल्डर, आर्मीकै जिलेस्पी जंग कार्की उत्कृष्ट फरवार्ड र आर्मीका मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए।

यस्तै डिफेन्डरमा उत्कृष्ट भएका विलम पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै स्कुटर जित्न सफल भए।