यू-१९ विश्वकप : आज भारतसँग खेल्दै नेपाल

 यु १९ विश्वकप     १९ माघ २०८०, शुक्रबार १०:३८     43 जनाले पढ़िसके



Spread the love

आइसिसी यू-१९ विश्वकप क्रिकेटमा आज नेपाल भारतसँग खेल्दै छ।

दक्षिण अफ्रिकाको मंगउङ ओभलमा नेपालले जारी संस्करणको यू-१९ विश्वकपको अन्तिम खेल भारतसँग खेल्न लागेको हो।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुनेछ।

नेपाल समूहको शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुगेको थियो। समूह चरणको खेलमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो भने अफगानिस्तानविरूद्ध जित निकालेको थियो। अफगानिस्तानलाई पराजित गरेपछि समूहको शीर्ष तीनमा रहँदै नेपाल सुपर सिक्समा पुगेको थियो।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिए पनि नेपालका लागि भारतविरूद्ध आजको खेलमा राम्रो प्रदर्शन गर्ने चुनौती छ।

किनकी दुई महिनाअघि दुबईमा भएको एसिया कपमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको थियो। सो खेलमा कमजोर ब्याटिङ गर्दा नेपाल ५२ रनमै अलआउट हुन पुगेको थियो।

विश्वकपमा भने नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो। यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो।