यू-१९ विश्वकप: नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

 यु १९ विश्वकप     १२ माघ २०८०, शुक्रबार ०८:२७     22 जनाले पढ़िसके



Spread the love

आइसिसी यु–१९ विश्वकप अन्तर्गत आज नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ ।

समूह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराह्न १ः४५ बजेदेखि सुरु हुँदै छ ।

नेपालले आफ्नो पहिलो खेलमा न्युजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो ।

अहिलेसम्म समूह डी मा न्युजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समूह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।