नेपाल सुपर लिग ललितपुर सिटी दोस्रो क्वालिफायरमा

 नेपाल सुपर लिग     १० पुष २०८०, मंगलवार २१:२१     35 जनाले पढ़िसके



Spread the love

नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको एलिमिनेटर खेलमा काठमाडौँ रेजर्सलाई ३–० गोलअन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।

ललितपुरको जितमा इमोह इजेकिलले ३६ औँ तथा ५२ औँ मिनेटमा दुई र पापा इबो केबेले ४४ औँ मिनेटमा एक गोल गरे ।

ललितपुरले फाइनलमा पुग्न अब पोखरा थन्डर्सविरुद्ध खेल्नेछ ।

यसअघि सोमबार भएको पहिलो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो ।