नेपाल सुपर लिग : बुटवलसँग हार्दै वीरगञ्ज प्रतियोगिताबाट बाहिरियाे

 नेपाल सुपर लिग     ७ पुष २०८०, शनिबार १५:२९     42 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ ।

आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना जित निकाल्यो । बुटवलका चन्दन दासले गाेल गरे । प्लेअफमा पुग्न वीरगञ्जलाई यो खेल जित्नैपर्ने थियो तर हारेर प्रतियोगिताबाट बाहिरियो । बुटवल पनि प्लेअफमा पुग्न सकेन ।

याे जितसँगै बुटवलले ८ खेलमा १० अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा रहेर प्रतयाेगिता अन्त्य गरेकाे छ । वीरगञ्ज ८ खेलमा ८ अङ्कसहित साताैँ स्थानमा रह्याे ।

एनएसएलमा आजै बेलुका ५ बजे लिगकाे अन्तिम खेलमा ललितपुर सिटी एफसी र काठमाण्डाै रेजर्स एफसीबीच खेल हुँदैछ । वीरगञ्जकाे हारले ललितपुर ७ खेलमा १० अङ्कसहित प्लेअफमा पुगेकाे छ । काठमाण्डाै प्लेअफमा पुग्न आज ललितपुरलाई जित्नैपर्ने हुन्छ । काठमाण्डाै ७ खेलमा ९ अङ्कसहित साताैँ स्थानमा छ । काठमाण्डाैले हारेकाे अवस्थामा झापा एफसी प्लेअफमा पुग्नेछ । झापा ८ खेलमा १० अङ्कसहित चाैथाे स्थानमा छ ।