नेपाल सुपर लिग : फुटबल धनगढी र काठमाडौंबीचको खेल बराबरीमा सकियो

 नेपाल सुपर लिग     ३ पुष २०८०, मंगलवार ०८:५०     34 जनाले पढ़िसके



Spread the love

राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत सोमबार भएको धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न खेलमा धनगढी र काठमाडौंबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यससँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौंले बराबरी गोल गर्यो । काठमाडौंको तोजीदिनोभको क्रसमा किंगे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक–एक गोलको बराबरीमा सकियो ।

यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । काठमाडौं पाँच खेलमा नौ अंकसहित अंक तालिकाको चौथो स्थानमा यथावत् रहेको छ ।