यू-१९ एसिया कप: भारतविरुद्ध नेपाल ५२ रनमा अलआउट

 #नेपाली क्रीकेट     २६ मंसिर २०८०, मंगलवार १४:३१     41 जनाले पढ़िसके



Spread the love

काठमाडौँ।

जारी एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल ५२ रनमा अल आउट भएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल केवल २२.१ ओभरमा अल औअत हुदै ५२ रन मात्र बनाएको हो।

यो यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन मात्र बनाएको थियो ।

भारतविरुद्ध यस खेलमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । राजले ९.१ ओभर बलिङ गर्दै तीन मेडनसहित १३ रन दिएर ७ विकेट लिएका थिए । त्यसैगरी आरध्य शुक्लाले २ र अर्सिन कुलकर्णीले एक विकेट लिए ।