यू-१९ एसिया कपः अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

 #नेपाली क्रीकेट     २४ मंसिर २०८०, आईतवार १५:५०     41 जनाले पढ़िसके



Spread the love

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपको दोस्रो म्याचमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ ।

अफगानिस्तानका लागि जमसिद जद्रानले शानदार शतक प्रहार गरे ।

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।

अफगानिस्तानका लागि जमशीद जद्रानले सतकीय इनिङ खेले । उनले १ सय ५३ बलमा १ सय ६ रनको सतकीय इनिङ खेले ।

नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन जोडे ।

बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २(२ विकेट लिए । आकाश चन्द्र र दीपेश कडेलले १(१ विकेट लिए ।

३३ रनमा ३ विकेट गुमाएको अफगानिस्तानको इनिङलाई रहिमुल्लाह जुर्मती र जमशीद जद्रानले सम्हालेका थिए । उनीहरूले १ सय ३४ बलमा ८४ रनको साझेदारी गरे ।