भारतसँग दक्षिण अफ्रिका २४३ रनले पराजित, ८३ रनमै समेटियो

 विश्वकप क्रीकेट २०२३     २० कार्तिक २०८०, सोमबार ०७:४५     46 जनाले पढ़िसके



Spread the love

काठमाडौं । घरेलु मैदानमा जारी एक दिवसीय विश्वकपमा भारतले लगातार आठौं जित निकालेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिाका २४३ रनले पराजित भयो ।

३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २७.१ ओभरमा ८३ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकालाई सस्तोमै समेट्न भारतका रवीन्द्र जटेजाले ५, मोहम्मद सामी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए ।

त्यसअघि भारतको पालीमा विराट कोहली १०१ र स्रेयश अयरले ७७ रन बनाएका थिए ।