नेपाल सुपर ओभरमा ओमनसँग पराजित

 #नेपाली क्रीकेट     १९ कार्तिक २०८०, आईतवार १५:११     52 जनाले पढ़िसके



Spread the love

आईसीसी टी-२० विश्वकपको एशिया छनोट प्रतियोगिताको फाइनलमा नेपाल ओमनसँग सुपर ओभरमा पराजित भएको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा ओमनले सुपर ओभरमा नेपाललाई हराउँदै उपाधि जितेको हो। सुपर ओभरमा ओमनले तीन छक्काको मद्दतले २१ रन बनाएको थियो। ओमनका लागि नसिम खुशीले तीन छक्का प्रहार गरेका थिए।

जितका लागि २२ रन चाहिएको नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो। दोस्रो बलमा कुशल मल्लले रन लिन सकेनन्। तेस्रो बलमा एक रन लिए भने चौथो बलमा गुल्सन झाले पनि एक रन लिए। पाँचौ र छैटौं बलमा कुशल मल्लले दुई चौका प्रहार गरे पनि १० रन मात्रै भयो।

यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रमममा ओमनले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। ओमनका लागि कश्यप प्रजापतिले ६३, अकिब इल्यासले ३३, जीशन मक्सूदले २६ मोहम्मद नसीमले २४ रन बनाए।

नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले दुई-दुई तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरेका थिए। पौडेलले ३७ बलमा ५२ रन र झाले २५ बलमा ५४ रन बनाएका थिए।

त्यस्तै, कुशल भुर्तेलले ३१, करण केसीले २०, आशिफ शेखले ६, कुशल मल्लले तीन र विवेक यादवले एक रन बनाए।

ओमनका लागि बिलाल खानले तीन, अकिब इल्यासले दुई र जीशन मक्सूदले एक विकेट लिए।