विश्वकप अष्ट्रेलियाद्दारा इंग्ल्याण्ड पराजित, पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना जिवितै

 विश्वकप क्रीकेट २०२३     १९ कार्तिक २०८०, आईतवार १०:२७     56 जनाले पढ़िसके



Spread the love

काठमाडौं : आईसीसी क्रिकेट विश्वकपमा पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ भने अष्ट्रेलियाले लगातार पाँचाै जित निकालेको छ।

शनिबार भएकाे खेलमा न्युजिल्यान्डलाई पाकिस्तानले डीएलएस प्रणालीबाट २१ रनको पराजित गरेको हो।

बैङ्लोरस्थित चिन्नास्वामी रंगशालामा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको थियो। न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय एक रन बनायो। ​

ओडीआईमा न्युजिल्यान्डको यो दोस्रो उच्च योगफल हो। उसका लागि रचिन रविन्द्र र चोटमुक्त हुँदै मैदान फर्किएका नियमित कप्तान केन विलियम्सनले दोस्रो विकेटका लागि एक सय ८० रनको साझेदारी गरे।​

ओडीआईमा पाकिस्तानले प्राप्त गरेको यो दोस्रो ठूलो लक्ष्य हो। विलियम्सन शतकबाट मात्र पाँच रनले चुके। उनी ९५ रनमा आउट भए। रचिनले एक सय ८ रनको योगदान गरे । जारी विश्वकपमा उनको यो तेस्रो शतक हो। योसँगै रचिन डेब्यू विश्वकपमा नै तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

जवाफमा पाकिस्तानले ६ रनमै एक विकेट गुमायो। २१ ओभरमा पानी परेपछि खेल वर्षाले रोकियो। त्यसपछि पाकिस्तानले डीएलएस मेथडअनुसार ४१ ओभरमा ३ सय ४२ रनको नयाँ लक्ष्य पाएको थियो। खेल रोकिँदा फारुख जमान १ सय २६ र बाबर आजम ६६ रनमा खेलिहरेका थिए। २५ ओभर तीन बलमा पुनः रोकिएको खेल संचालन नभएपछि पाकिस्तान डीएलएसबाटै विजेता बनेको हो। जितपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना जिवीतै बनेको छ। जितपछि पाकिसतानको ८ खेलबाट ८ अंक भएको छ। र, तालिकाको पाँचौं स्थानमा छ। न्यूजिल्याण्ड समान अंकका साथ चौथो स्थानमा छ। ​

गएराति नै भएको अर्को खेलमा साबिक विजेता इङ्ल्यान्डलाई ३३ रनले हराउँदै अस्ट्रेलियाले लगातार पाँचौं खेलसम्म पनि विजयी यात्रा कायम राखेको छ। जितसँगै सात खेलमा १० अंक जोडेको अस्ट्रेलियाले सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ। छैटौं हार व्यहोरेको इङ्ल्यान्ड दुई अंकका साथ पुछारमा छ।

नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४८ दशमलव १ ओभरमा २ सय ५३ रनमा समेटियो।
इङ्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ६४ रनको योगदान गरे। यसैगरी डेविड मलानले ५०, मोइन अलीले ४२, क्रिस वोक्सले ३२, आदिल राशिदले २०, डेविड विलीले १५ र जो रुटले १३ रन बनाए।

अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन, प्याट कमिन्स, मिचेल स्टार्च र जोश हेजलउडले समान दुई तथा मार्कुस र्स्टोइनिसले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४९ दशवम ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रनको योगफल तयार पारेको थियो।

अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी क्यामरुन ग्रिनले ४७, स्टिभ स्मिथले ४४, मार्कुस स्टोइनिसले ३५, एडम जाम्पाले २९, डेविड वार्नरले १५, ट्राविस हेडले ११, मिचेल स्टार्च र कप्तान प्याट कमिन्सले समान १० रन बनाए।​

इङ्ल्यान्डका लागि क्रिस वोक्सले चार, मार्क उड र आदिल राशिदले समान दुई तथा डेविड विली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए।

प्रतियोगिता अन्तरगत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुनेछ।