सरकारद्धारा क्रिकेट खेलाडीलाई प्रोत्साहन वापतको डेढ करोड बढी नगद पुरस्कार निकासा

 #नेपाली क्रीकेट     १८ कार्तिक २०८०, शनिबार ०८:५२     49 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – सरकारले विभिन्न प्रतियोगितामा खेलाडीलाई वाचा गरेको पुरस्कार रकम एकमुष्टमा निकासा गरेको छ ।

सरकारले तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा गरेको हो ।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी– एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो।

नेपाल ट्वान्टी–२० विश्वकप छनोट भएकै दिन सरकारले पुरस्कार रकम निकासा गरेको हो । फोटो : फाइल