श्रीलंकालाई ५५ रनमा क्लिन स्वीप गर्दै विश्वकपको सेमिफाइनलमा भारत

 संवाददाता    १६ कार्तिक २०८०, बिहीबार २१:३८     50 जनाले पढ़िसके



Spread the love

नयाँ दिल्ली । भारत घरेलु मैदानमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै भारतले शीर्ष ४ मा स्थान सुरक्षित गरेको हो ।

७ खेलबाट १४ अंक भएको भारत तालिकाको शीर्षस्थानमा छ । भारतले श्रीलंकालाई ३०२ रनले पराजित गर्यो । ३५८ रनको लक्ष्य पाएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा समेटियो । श्रीलंकालाई सस्तोमा समेट्न भारतका मोहम्मद सामीले ५ र मोहम्मद सिराजले ३ विकेट लिए ।

जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक एक विकेट हात पारे। श्रीलंकाका ५ ब्याट्सम्यानले रन जोड्न सकेनन् । त्यसअघि भारतको पालीमा सुबमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस अयरले ८२ रन बनाएका थिए ।