ओमानसंग नेपाल ५ रनले पराजित

 #नेपाली क्रीकेट     १६ कार्तिक २०८०, बिहीबार १३:४७     51 जनाले पढ़िसके



Spread the love

काठमाण्डु- विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा ओमानसँग नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भयो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।

नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए।आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।