ओमानद्दारा नेपाललाई जितका लागि १४६ रनको चुनौती, नेपालको खराब सुरुवात

 #नेपाली क्रीकेट     २०८०, १६ कार्तिक बिहीबार ११:४५     110 जनाले पढ़िसके



Spread the love

काठमाडौँ, आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा ओमानले निर्धारित २० ओभमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानका लागि जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रनको योगदान दिए । त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४, सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए ।

नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई विकेट लिए । त्यस्तै गुलशन झा र अभिनाश बोहोराले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ गरिहेको छ । नेपालले खराब सुरुवात गरेको छ। अहिले ब्याटिङ गरिरहेको नेपाल १२ औं ओभर खेलिरहंदा ५ विकेटको क्षतिमा जम्मा ७६ रन बनाएको छ।