काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।
पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ ।
नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ । फोटो : फाइल