विश्वकप क्रिकेट : बंगलादेशमाथि नेदरल्यान्ड्सको फराकिलो जित

 विश्वकप क्रीकेट २०२३     १२ कार्तिक २०८०, आईतवार ०६:००     48 जनाले पढ़िसके



Spread the love

काठमाडौं : भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले दोस्रो जित निकालेको छ।

शनिबार कोलकतामा भएको खेलमा नेदरल्यान्ड्सले बंगलादेशमाथि ८७ रनको जित निकाल्यो।

नेदरल्यान्ड्सले दिएको २३० रनको मध्यम लक्ष्य पछ्याएको बंगलादेश ४२.२ ओभरमा १४२ रनमै अलआउट भयो। उसका लागि मेहदी हसन मिराजले सबैभन्दा बढी ३५ रन जोडे। अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेदरल्यान्ड्सका लागि पाउल भान मीकेरेनले ४ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा २२९ रनमा अलआउट भयो।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट इडवार्ड्सले ६८ रन तथा वेस्ली वारेसीले ४१ रन बनाए।