टी-२० विश्वकप क्वालिफायरका लागि सन्दीप सहितको नेपाली टीम घोषणा

 #नेपाली क्रीकेट     १२ कार्तिक २०८०, आईतवार ०९:४१     61 जनाले पढ़िसके



Spread the love

काठमाडौं : घरेलु मैदानमा हुने टी-२० विश्वकप क्वालिफायरका लागि नेपाली टीम घोषणा गरिएको छ। रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीममा स्पिनर सन्दीप लामिछानेले कमब्याक गरेका छन्। ​

सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी–२० आई सिरिज खेलेका थिएनन्।  नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन। अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन्। ​

त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन्।​ आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ। समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन्। नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो।

नेपाली टोली ?

रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।