त्रिदेशीय क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपाली टीमका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् ।
यसअघिका ३ वटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ ।
यूएईले भने एक खेलमा जीत र एक खेलमा हार व्यहोरेको छ ।
हङकङले भने एक खेल पनि जित्न सकेको छैन ।
टी-ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले घरेलु मैदानमा शृंखला खेलिरहेको हो ।
विश्वकप छनोट एक सातापछि काठमाडौंमै शुरू हुँदैछ ।