विश्वकप : भारतद्दारा न्युजिल्यान्ड चार विकेटले पराजित

 विश्वकप क्रीकेट २०२३     २०८०, ६ कार्तिक सोमबार ०९:४६     102 जनाले पढ़िसके



Spread the love

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ।

आइतबार धर्मशाला स्टेडियममा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको हो।

न्युजिल्यान्डले भारतसामु २७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १२ बल बाँकी रहँदा नै भारतले लक्ष्य भेटाएको हो।

भारतका लागि विराट कोहलीले सर्वाधिक ९५ रन बनाएर आउट भए। कप्तान रोहित शर्माले ४६ रन, शुभमन गिलले २६ रन, श्रेयस ऐयरले ३३ रन र केएल राहुलले २७ रन जोडे।

रवीन्द्र जडेजाले अविजित रही ३९ रन बनाए। सूर्यकुमार यादवले दुई र मोहम्मद शमीले अविजित रही एक रन बनाए।

न्युजिल्यान्डका लागि डेरिल मिशेलले सर्वाधिक १३० रन बनाए। उनले ९ चौका र ५ छक्का प्रहार गरे।

रचिन रवीन्द्रले ७५ रन, ग्लेन फिलिप्सले २३ रन, विल यङले १७ रन जोड्दा अरू एक अंकको रनमा सीमित भए।

बलिङतर्फ भारतका मोहम्मद शमीले न्युजिल्यान्डको पाँच विकेट लिए।

कुलदिप यादवले दुई विकेट लिँदा जशप्रित बुमराह र मोहम्मद सिराजले एक-एक विकेट लिए।

न्युजिल्यान्डलाई पराजित गरेसँगै भारत अंक तालिकाको पहिलो स्थानमा छ। पाँच खेलमा पाँचै वटा खेल जितेर १० अंक जोडेर भारत पहिलो स्थानमा आएको हो।

यसअघि न्युजिल्यान्ड पहिलो स्थानमा थियो। भारतसँग पराजित भएसँगै न्युजिल्यान्ड दोस्रो स्थानमा, दक्षिण अफ्रिका तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छ।