विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित

 विश्वकप क्रीकेट २०२३     ४ कार्तिक २०८०, शनिबार २०:३७     41 जनाले पढ़िसके



Spread the love
काठमाडौं । विश्वकप क्रिकेट २०२३ मा श्रीलंकाले पहिलो जित निकालेको छ । सदीरा समिराविक्रमाको अविजित ९१ रनको मद्दतमा श्रीलंकाले नेदरल्याण्ड्समाथि ५ विकेटको जित दर्ता गरेको हो ।
भारतको खनउनमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले कमजोर सुरुवात गरेको थियो । पावर प्लेमा ५६ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका पथुम निसांकाले तेस्रो विकेटका लागि ५४ रनमा आउट भए । टिमको स्कोर १०४ रहेको कमजोर अवस्थामा मैदानमा आएका सदीराले चौथो विकेटका लागि चरिथा असलंकासँग ७७ र पाँचौं विकेटका लागि धनन्जय डि सिल्भासँग ७६ रनको साझेदारी गरे ।
९१ रनमा अविजित रहेका उनले श्रीलंकाका लागि विजयी पारी खेल्दै नायकको भूमिका खेले भने दुशान हेमन्था ४ रनमा नटआउट रहे ।